काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ ।बैठक दुई घण्टाका लागि सरेको छ ।
सभामुख डोलप्रसाद अर्यालले बुधबार विहान ११ बजे तोकेको बैठक १ बजेका लागि सारिएको हो ।
‘असार ३१ गते बुधबार बिहान ११ बजे बस्ने गरी निर्धारण भएकाे प्रतिनिधि सभाको बैठक बिशेष कारण सम्माननीय सभामुखको निर्देशन अनुसार दिनकाे १ बजे बस्ने गरी समय परिवर्तन भएकाे बेहोरा जानकारीको लागि अनुराेध छ,’ महासचिव पद्म प्रसाद पाण्डेयले भने ।
आजको बैठकमा प्रधानमन्त्री शाहले आफ्नो तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई प्रतिवेदन पेस गर्ने जिम्मेवारी तोकेका छन् ।
मन्त्री गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौं वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको सातौं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले “अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने बिधेयक, २०८३ माथि बिचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
संसद सचिवालयकाअनुसार सन्धिमाथि छलफल र अनुमोदन गर्ने कार्यसूची पनि छ ।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि सदनमा छलफल गरियोस् र अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यसैगरी अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं. ८१) माथि सामान्य छलफल गरियोस् र अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।