काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन्द्र शाह बैठक सुरु भएको केहीबेरमै बाहिरिएका छन्।
प्रधानमन्त्री शाह दिउँसो १:३७ बजे संसद् भवन प्रवेश गरेका थिए। तर, उनी करिब २० मिनेटपछि नै बैठकबाट बाहिरिएका हुन्।
प्रधानमन्त्रीसँगै रास्वपाका सभापति रवि लामिछाने पनि बैठक चलिरहेका बेला सदनमा प्रवेश गरेका थिए। उनीहरू राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले सम्बोधन गरिरहेकै समयमा सदनमा प्रवेश गरेपछि नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संसदीय नियम उल्लंघन भएको भन्दै आपत्ति जनाएका थिए।
बैठकबाट प्रधानमन्त्री शाह बाहिरिँदा सभापति लामिछाने पनि सँगै बाहिरिएका थिए।