काठमाडौँ । चालु आर्थिक वर्ष २०८२-८३ अन्तर्गत सञ्चालन हुने स्टार्टअप उद्यम कर्जा कार्यक्रमका लागि देशभरबाट ९६६ प्रस्ताव अन्तिम रूपमा छनोट भएका छन्।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मंगलबार कर्जा प्रवाहका लागि सिफारिस गरिएका प्रस्तावकहरूको नामावली सार्वजनिक गर्दै छनोटमा परेकालाई तीन दिनभित्र सम्बन्धित बैंक शाखामा आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ।
प्रतिष्ठानका अनुसार उक्त कार्यक्रम वार्षिक प्रकृतिको भएकाले असार मसान्तपछि परियोजना प्रस्ताव तथा सिफारिस गरिएको कर्जा रकम स्वतः निष्क्रिय हुनेछ। त्यसैले तोकिएको समय सीमाभित्र आवश्यक कागजातसहित सम्बन्धित बैंक शाखामा सम्पर्क गर्न आग्रह गरिएको छ।
नामावली :