भक्तपुरको चाँगुनारायण नगरपालिका–५ त्रिशुलडाँडामा विश्वकै अग्लो त्रिशुल स्थापना भएको छ ।
महाँकाल त्रिशुलडाँडा उपभोक्ता विकास समितिले महाँकाल त्रिशुलडाँडा परिसरमा आज आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले निर्माणाधीन त्रिशुलको शिलान्याश गरेका छन् ।
त्रिशुलडाँडामा कूल रु चार करोड ४२ लाख ११ हजार ९१३ लागतमा १२१ फिट अग्लो त्रिशुल र ५५ फिट अग्लो गुरु गोरखनाथ मन्दिर स्थापना हुने भएको छ । करिब नौ महिनामा त्रिशुल निर्माण सम्पन्न गरिने लक्ष्य राखेको छ ।
भित्रि भागमा फलाम र बाहिरी भागमा तामाको धातुले निर्माण हुन लागेको त्रिशुलको तल्लो भागमा करिब १ सय ५० जनासम्म अट्न सक्ने ध्यान केन्द्र समेत निर्माण हुने समितिका अध्यक्ष श्रीकृष्ण खड्काले जानकारी दिए ।
उनले पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामाथि आक्रमण गर्ने क्रममा सो स्थानमा मुलगढी भएका कारण पनि मुलकोटगढी सांस्कृतिक र धार्मिक एवं ऐतिहासिक महत्वको भएको बताए । उनले मुलकोटगढी महाङ्कालमा विश्वकै अग्लो त्रिशुल स्थापना भएपछि पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने समेत बताए ।