प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शब्द रचना रहेको गीत ‘अब बन्छ मेरो देश’ शुक्रबार सार्वजनिक गरिएको छ । गीतमा सामाजिक रूपान्तरण, अन्याय–अत्याचारको अन्त्यसँगै आमनागरिकमा न्यायका लागि पलाएको आशा र भरोसा, आपसी सहिष्णुता, भ्रातृत्वभाव र एकतामार्फत समृद्धि प्राप्त हुने भाव प्रस्तुत गरिएको छ ।
यस गीतमा दीपक शर्माको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको छ । गायक समीर खरेल, सदिच्छा कट्टेल, सविन सुवेदी र बेनिसा पौडेलको स्वर रहेको उक्त गीतको भिडियोमा आर्यन सिग्देल, सविन कार्की, कविता नेपाली, चाहना रानामगर र किरण थापालगायतका कलाकारहरूले अभिनय गरेका छन् । किरण थापाको कोरियोग्राफी र निर्देशन रहेको उक्त गीतको भिडियोमा पवन सोस्लिङको छायांकन तथा सरोज ओलीको भिडियो परिकल्पना रहेको छ ।
प्रहरी महानिरीक्षक कार्कीको शब्द रचनामा यसअघि सार्वजनिक भएका ‘आमा म त खरानीबाट उठेर आए’, ‘फूलको बास्नासरी’लगायत दसैँ, तिहार, बाल र कमर्सियल गीतहरू लोकप्रिय बनिसकेका छन्।