इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्टसले लगातार ६ हारपछि पहिलो जित निकालेको छ।
लखनउले राहत हासिल गर्दा साविक च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलोरु (आरसीबी) भने तालिकाको शीर्ष स्थानमा पुग्ने मौका गुमायो। बिहीबार भएको खेलमा बेंगलोरु लखनउसँग ९ रनले पराजित भयो।
वर्षाले प्रभावित बनेको खेलमा डिएलएस म्याथोडमा १९ ओभरमा घटाइएको थियो। जहाँ लखनउले ३ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो। जवाफमा बेंगलोरु ६ विकेट गुमाएर २ सय ३ रनमा समेटियो। लखनउका लागि मिचेल मार्सले १ सय ११ रनको सतकीय इनिङ खेल्दा अर्सीन कुलकर्नीले १७ रन बनाए। त्यस्तै निकोलसपुरनले ३८ रन बनाउँदा ऋषभ पन्तले ३२ रन बनाएका थिए।
२ सय १३ रनको लक्ष्य पछ्याएको बेंगलोरूका लागि कप्तान रजत पाटीदारले ६१ रनको इनिङ खेल्दा देवदत पाडिकलले ३४ रन बनाए त्यस्तै टिम डेभिडले ४० रन बनाउँदा कुर्नाल पाण्ड्याले २८ रन बनाए। रमारियो शेफर्डले २३ रन बनाएका थिए। लखनउका लागि प्रिन्स यादवले ३ विकेट लिए।