ललितपुर जिल्ला प्रशासनले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न र भोज भतेर नगर्ने अनुरोध गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण यस्तो अनुरोध गरेको हो ।
ललितपुरका सहायक जिल्ला अधिकारी ललितकुमार बस्नेतले एक सूचना जारी गर्दै स्वास्थ्यमन्त्रालयद्वारा जारी स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न पनि आग्रह गरे ।
यस्तै दिपालवलीमा र छठ पर्वमा भुइचम्पा, पटाका पट्काउने आतसबाजीजस्ता कार्य नगर्न पनि भनेको छ ।
जारी सूचनाको बर्खिलाप हुने गरी गरिएको पाइएमा कानुन अनुसार कारबाही गरिने पनि ललितपुर जिल्ला प्रशासनले चेतावनी दिएको छ ।
केही दिनअघि नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको थियो । यस्तै विभिन्न जिल्लाहरुले पनि तिहारको समयमा देउसी भैलो नखेल्न अनुरोध गरिरहेका छन् ।