काठमाडौं– पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणको अर्को मुद्दा विशेष अदालतमा आइतबार दायर गरिएको छ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषमा मुद्दा दर्ता गरेको हो।
तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको हो।
अख्तियारले पहिलो मुद्दा दायर गर्दा नै पोखरा विमानस्थल निर्माणमा राजस्व छुटलगायतका विषयमा अनुसन्धान भइरहेको र छिट्टै मुद्दा दायर हुने भनि विवरण पेस गरेको थियो।
कस कसलाई कति बिगोसहित सजायको माग गरिएको छ भन्ने विवरण खुलाउन भने बाँकी छ।