नेपालमा कोरोना भाइरस (कोभिड १९) नियन्त्रण गर्नको लागि बेलायतले सहयोग गर्ने भएको छ ।
बेलायतले नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि ४५.८ मिलियन पाउण्ड (करिब ७ अर्ब १४ करोड रुपैयाँ ) बराबरको आर्थिक सहयोग गर्ने भएको छ।
अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार अर्थमन्त्री डा. युवराज खतिवडा र बेलायतका विदेश तथा कमवेल्थ अफिसका राज्यमन्त्री लर्ड अहमद्बीचको भिडियो कन्फ्रेन्स छलफलमा यो सहयोग प्याकेजको घोषणा गरेको हो ।
कोरोना भाइरसको महामारीको कारण नेपालमा भएको कठिन अवस्थालाई सम्बोधन गर्न बेलायत सरकारले यो सहयोग प्याकेज उपलब्ध गराउन लागेको विज्ञप्तीमा बताइएको छ ।
अर्थमन्त्री डा. खतिवडाले बेलायत सरकारलाई कठिन समयमा नेपालका लागि ठूलो सहयोग गरेकोमा धन्यवाद दिएका छन्।