
नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई पार्टीले राष्ट्रिय सभामा पठाउने निर्णय गरेसंगै अर्थमन्त्री डा। युवराज खतिवडाले शुक्रबार राजीनामा दिने भएका छन् । विहिवार नेकपा सचिवालय वैठकले राष्ट्रियसभाको खाली एक सिटमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई नै फेरी दोहोर्याउने चाहना राखेको भएपनि ६ महिना अघि पार्टिले गरेको निर्णय कार्यान्वयन गर्न नेता गौतमले दवाव दिएपछि ओली अप्ठेरोमा परेका थिए । बुधवार नै राजिनामा दिन चाहेका खतिवडालाई प्रधानमन्त्री ओलीले नै रोकेको बताइएको छ ।
विहान ११ बजेपछि बस्ने बैठकमा उनले अन्तिम पटक सहभागीता जनाएर आजै राजीनामा पनि दिने बताइएको छ ।
संवैधानिक व्यवस्था अनुसार सांसद नरहेको व्यक्ति छ महिना मात्रै मन्त्री हुन पाउने र खतिवडाको सांसदको कार्यकाल गत छ महिना अगाडि नै सकिएकाले उन आजदेखि मन्त्रीपरिषदबाट बाहिरिनु पर्ने भएको हो ।
आफ्ना लागि अन्तिम हुन लागेको आजको बैठकमा अर्थमन्त्री खतिवडाले मन्त्रालयका केही विवरणहरु जानकारी गराउने र राजीनामा गर्ने बताइएको छ ।
मन्त्रीपरिषद्को बैठकपछि अर्थमन्त्री खतिवडा अर्थमन्त्रालयमा पुगेर बिदाइ भई आफैले सम्हालेको अर्को सञ्चार मन्त्रालयमा समेत पुगेर विदाई हुने उनी निकट स्रोतले जानकारी दिएको छ ।
सरकारका प्रवक्ता समेत हुनुभएका खतिवडाले सञ्चार मन्त्रालयमै पत्रकार सम्मेलन गरेर विदा हुने कार्यक्रम बनाएका छन् ।