
काठमाडौं । नेपाल सरकारले तीनजनालाई आवासीय राजदूत पदमा नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले फ्रान्स, संयुक्त अरब इमिरेट्स (युएई) र कुवेतको लागि राजदूत नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैजला रेग्मी भट्टराईले जारी गरेको प्रेस विज्ञप्ती अनुसार सुधिर भट्टराईलाई गणतन्त्र फ्रान्सका लागि, तेजबहादुर क्षैत्रीलाई युएई र घनश्याम लम्साललाई कुवेतको राजदूतमा नियुक्त गरेको हो ।
नेपालको संविधानको धारा २८२ मा राष्ट्रपतिले समावेशी सिद्धान्तको आधारमा नेपाली राजदूत र कुनै खास प्रयोजनको लागि विशेष प्रतिनिधि नियुक्त गर्न सक्ने व्यवस्था छ ।
राजदूत भएका तीनैजना परराष्ट्रका सहसचिव हुन् ।