कोभिड-१९ को सङ्क्रमणका कारण विश्व नै ठप्प रहेका बेला नेपालको चलचित्र उद्योगले रित्तो फिल्म सेट, बन्द चलचित्र घरहरू र चर्चित कलाकारहरुको लकडाउन डायरी सामाजिक सञ्जालमा हेरेर बस्न बाध्य भएका छन् ।
लकडाउनकै बेला भए पनि चलचित्र निर्माण गर्ने घोषणा भने गर्न थालिएको छ । केही निर्देशकहरु कथा लेखनमा व्यस्त रहेको बताएका छन् भने केहीले निर्माण घोषणा समेत गरेका छन् ।
निर्देशक दीपेन्द्र के खनाल चलचित्र ‘चिसो मान्छे’ निर्देशनको तयारीमा छन् । शर्मिला पाण्डेले यो चलचित्रको निर्माण गर्दैैछिन् । यो चलचित्रका लागि कलाकार फाइनल गर्ने क्रम पनि निर्देशकले अगाडी बढाएका छन् ।
यो चलचित्रका लागि नायिका स्वस्तिमा खड्का मुख्य भूमिकामा फाइनल भएकी छिन् ।
स्वस्तिमा र निर्माणपक्षविच केही दिन अगाडि मात्र संझौता भएको हो । चलचित्र ‘चपली हाइट ३’ रिलिजको प्रतिक्षामा रहेकी स्वस्तिमाले सामाजिक कथामा बन्न लागेको यो चलचित्रमा काम गर्न सहमती जनाएकी हुन् ।