माथि राखिएको तस्विरमा देखिएका मध्ये एकजना नायिका स्वस्तिमा खड्का हुन् भन्दा दोहोराएर हेर्नुपर्ने हुन्छ ।
हो नायिका खड्काले १८ लाख पारिश्रमिक लिएको भनिएको चलचित्र “चिसो मान्छे” मा स्वस्तिमा फरक लुक्समा देखिएकी छिन् ।
खड्काले बाजुरामा खिचिएको तस्विर भन्दै सामाजिक सञ्जालमा एक तस्विर शेयर गरेकी छिन् । बाजुराका अन्य तीन महिलासँगै गाउँले पहिरनमा नायिका खड्का देखिएकी छिन् । तस्विरमा एक बालक र दुई वृद्धा महिलाहरूलाई पनि देख्न सकिन्छ ।
तस्विर शेयर गर्दै क्याप्सनमा उनले लेखेकी छिन् “ट्राइङ टू ब्लेन्ड वीथ् द् सराउन्डिङ” अर्थात वातावरण अनुकुल आफूँलाई ढाल्ने कोशिस गरिरहेको छु ।
हुनत निर्माण टीमले नायिका स्वस्तिमा खड्काको फस्टलुक सहित चलचित्र ‘चिसो मान्छे’को नयाँ प्रदर्शन मिति सार्वजनिक गरिसकेको छ । दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशनमा तयार भएको चलचित्र असार ३ गतेदेखि प्रदर्शनमा ल्याउन लागिएको हो ।
चलचित्रमा स्वस्तिमा खड्का र अर्पण थापा मुख्य भूमिकामा छन् । शर्मिला पाण्डे यो चलचित्रकी निर्मात्री हुन् । चलचित्र ‘चिसो मान्छे’को निर्माणपक्षले बैशाख ३० गतेलाई प्रदर्शन मिति तय गरेको थियो । तर, यो मितिमा स्थानिय निकायको चुनाव हुनेपछि चलचित्र रिलिज पोष्टपोन्ड गरिएको हो ।
अब, यो चलचित्र आउँदो बर्षको असार ३ गतेबाट देश्वयापी रुपमा प्रदर्शनमा आउनेछ । चलचित्र ‘बुलबुल’मा फरक भूमिका निर्वाहा गरेर दर्शक र समीक्षकको साथ पाएकी स्वस्तिमाको ‘चिसो मान्छे’ लुकले नयाँ परिचय दिने देखिएको छ ।
उनी, यो चलचित्रमा कर्णाली प्रदेशको एक महिलाको भूमिकामा देखिएको बताइएको छ । चलचित्रमा उनको अभियान कस्तो छ भनेर जान्नको लागि त असार ३ गतेसम्म पर्खनुपर्ने हुन्छ ।