बिहीबार चलचित्र झिंगे दाउँ को प्रिमियरमा नायिका स्वस्तिमा खड्काप्रति धेरैले नजर लगाए । हुनत खड्काले उक्त चलचित्रमा अभिनय गरेकी छैनन् ।
प्रिमियरपछि सञ्चारकर्मीहरूसँग बोल्दै खड्काले भनेकी थिइन्, “धेरैजना कन्फयुज्ड हुनुहुन्छ होला फिल्ममा म चाँही छैन । उहाँहरूले फिल्मको झिँगा चाँही म हो कि भन्नुहुन्थ्यो” ।
क्यामेराको फ्रेममा खड्का देखिनुको मुख्य कारण थियो उनको ड्रेसअप । खड्काले पिङ्क कलरको कोट लगाएकी थिइन् भने सर्ट जिन्स ।
सोही ड्रेसका केही तस्विरहरू उनले आफ्नो इन्स्ट्राममा समेत अपलोड गरेकी छिन् । इन्स्टामा खड्कालाई १० लाख भन्दा बढीले पछ्याइरहेका छन् । पछिल्लो समय चल्तिकी नायिकामा खड्काको नाम अग्रस्थानमा आउँछ ।
विभिन्न क्यारेक्टरहरूमा बेजोड प्रस्तुति दिएकाले पनि होला खड्काले आफ्ना समकालिन नायिकाहरूलाई धेरै पछाडि छाडिसकेकी छिन् ।
तस्बिरहरू