साउथ फिल्म थिरिमाली को टिजर सार्वजनिक भएको छ ।
५७ सेकेन्ड लम्बाईको टिजरमामा नेपालका विभिन्न भागहरू देखाइएको छ । काठमाडौं मुस्ताङ लगायतका भूगोलहरू उक्त टिजरमा देखाइएको हो ।
नेपाली फिल्म ‘ग्याङस्टार ब्लूज’का निर्माता सरोज न्यौपानेले दक्षिण भारतीय कम्पनी ‘एन्जल मारिया सिनेमा’सँग मिलेर निर्माण गरेको यो फिल्ममा स्वस्तिमाको अलवा माओत्से गुरुङ, उमेश तामाङ लगायत नेपाली कलाकारको अभिनय देख्न सकिन्छ ।
राजिब सेट्टीको निर्देशन रहेको फिल्ममा भारतीय कलाकार विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मा लगायतको मुख्य भूमिका छ ।
उक्त चलचित्रको नेपालमा ७० प्रतिशत र भारतमा ३० प्रतिशत छायाँकन गरिएको थियो । नेपालमा काठमाडौं र मुस्ताङ्गमा छायाँकन गरिएको हो ।
यस फिल्मको आइटम डान्समा स्वस्तिमा खड्काले अभिनय गरेकी छिन् । सैना मुभिजको युट्युव च्यानलबाट जनावरी १५ मा अपलोड गरिएको उक्त आइटम डान्सले यो समाचार तयार पार्दासम्म ८ लाख माथिको भ्यूज पाइसकेको छ ।
हिन्दीसहित मलयालम, कन्नड, तमिल र तेलूगू भाषामा यो फिल्म रिलिज गरिने बताइएको छ ।