काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आइतबार पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ।
आजको बैठकबाट सभापति रवि लामिछाने पार्टी काममा फर्कने छन्। सहकारीको बचत रकम अपचलनमा लामिछाने धरौटीमा रिहा भएका थिए।
उनी पुर्पक्षका लागि जेल गएपछि रास्वपाले उपसभापति डिपी अर्याल (डोलप्रसाद) लाई कार्यवाहक सभापति तोकेको थियो।