काठमाडौँ -काठमाडौं गुर्खाज विरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सको इनिङ सम्हालिन नपाउँदै थप संकटमा परेको छ।
टस हारेर ब्याटिङ गरिरहेको सुदूरपश्चिमले ‘पावरप्ले’ भित्रै आफ्ना ४ प्रमुख ब्याटर गुमाएको हो।
टोलीलाई उकास्ने प्रयास गरिरहेका इशान पाण्डे पनि छैटौँ ओभरको अन्तिम बलमा आउट भएपछि सुदूरपश्चिमको अवस्था नाजुक बनेको छ।
मिलिन्द कुमारको बलमा मोहम्मद आदिल आलमद्वारा क्याच हुनुअघि पाण्डेले ९ बलमा १ छक्का र १ चौका प्रहार गर्दै ११ रन बनाएका थिए।
यसअघि करण केसीले ३ विकेट लिएर ब्याटिङ लाइनअप भत्काएका थिए भने अब मिलिन्द कुमारले पनि विकेटको खाता खोलेका छन्।
६ ओभरको समाप्तिमा सुदूरपश्चिम रोयल्सको स्कोर मात्र २७ रन छ भने हातमा ६ विकेट मात्र बाँकी छ।
अहिले क्रिजमा आरिफ शेख १३ बलमा १२ रन बनाएर खेलिरहेका छन्। सुदूरपश्चिमलाई सम्मानजनक स्कोरमा पुग्न अब ठुलो साझेदारीको खाँचो छ।