हेटौंडा । आज दिउँसो हेटौंडा उपमहानगर-१ मा रहेको राप्ती खोलामा बगेका बालकको उपचारको क्रममा निधन भएका छ ।
घर परिवारसहित सब्जि मन्डि नजिक रहेको राप्ति खोलामा नुहाउने क्रममा १० वर्षका संसाद अन्सारीलाई खोलाले बगाएको थियो ।
खोलाले पाँचसय मिटरसम्म बगाएर राप्ती पुल नजिक बेहोस अवस्थामा फेला परेका बालकको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार उपचारको लागि हेटौडा हस्पिटल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।