काठमाडौँ । नेपाली बजारमा आइतवार सुनचाँदीको मूल्य घटेको छ।
आज सुन तोलाको ११ हजार ६ सय रुपैयाँले घटेर तोलाको २ लाख ४१ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि कार्तिक ३ गते सोमबार सुन तोलाको २ लाख ५३ हजार ५ सयमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी तोलाको २ सय ६५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ।