काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म दुवै कोषका विभिन्न खातामा गरी कुल १८ अर्ब १३ करोड ६१ लाख ८७ हजार ६८६ रुपैयाँ बराबरको रकम मौज्दात रहेको छ।
कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा रहेका खातामा १३ अर्ब ४९ करोड ४६ लाख ८९ हजार ९५७ रुपैयाँ मौज्दात रहेको छ।
त्यसैगरी, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा तीन करोड पाँच लाख ३६ हजार १६९ अमेरिकी डलर जम्मा भएको छ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संघसंस्था र निकायबाट आर्थिक सहयोग प्राप्त हुने क्रम जारी रहेको छ।