भारतकै सर्वाधिक पारिश्रमिक पाउने नायिका पादुकोणले लोकप्रियताको उचाइमा पुग्ने समयमा मानसिक समस्याबाट गुज्रेको थिइन् ।
न त उनी कुनै ठूलो कलाकारको छोरी हुन् न त कलाकारितासँग नाता नै थियो ।
तर पनि उनी बलिउडमा सफल भइन् ।
उनको अभिनय क्षमता र निर्माता/निर्देशक सञ्चय लीला भन्सालीको साथ पाएपछि उनले कहिल्यै फर्केर हेर्नु परेको छैन ।
अहिले बलिउडमा नेपोटिजमको कुरा उठेर सबै कलाकारहरुले सामाजिक सञ्जालमा कमेन्ट गर्न नमिल्ने बनाएका छन् ।
तर दिपिका पादुकोणको भने व्यापक चर्चा छ ।
उनको फ्यान फलोइङ् ह्वात्तै बढेको छ ।
अहिले उनको पुरानो अन्तर्वार्ता भिडियोको कारणले उनको चर्चा चुलिएको हो ।
भारतीय मिडियाले उनलाई सबैभन्दा धेरै को मनपर्छ भनेर प्रश्न गरेको थियो ।
उनले सहजै मलाई सुशान्त मन पर्छ भनेर जवाफ दिएकी छिन् ।
उनको हार्ड वक एकदमै मन पर्छ, दिपीका भन्छिन् ।
उनको यही लाईनले नै उनको फ्यानहरु प्रशंशा माथि प्रशंशा गरिरहेकाे छन् ।
https://www.instagram.com/p/CBlFR8XhQcT/?utm_source=ig_embed&utm_campaign=embed_video_watch_again