दाङ । चार वर्षकी नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दाङबाट एक पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका-१८ का ३४ वर्षीय बिराज लम्साल रहेका जिल्ला प्रहरी कार्यालय दाङले आज जारी गरेको सूचनामा उल्लेख छ । जिल्लाको बंगलाचुली गाउँपालिका-८ मा मदजुरी काम गर्दै आएकी नाबालिकाकी आमाले उजुरी दिएपछि लम्साललाई पक्राउ गरिएको हो।
सोही स्थानमा मै काम गर्ने क्रममा नाबालिकालाई १० रुपैयाँको नोट दिएर नजिकै रहेको खरबारीमा लिएर ललाईफकाई जबरजस्ती करणी गरेको पीडित बालिकाकी आमाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।
नाबालिकालाई हराएपछि खोजतलास गर्ने क्रममा खरबारीमा अचेत अवस्थामा फेला परेकी हुन् । नाबालिकाको योनीबाट रगत आएको र ओठसमेत सुन्निएको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
प्रहरीले लम्साललाई आइतबार पक्राउ गरी आदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ।