सिन्धुपाल्चोक जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १३ वर्ष कैद सजाय तोकिएकी फरार महिला सोमबार काठमाडौँबाट पक्राउ परेकी छन् ।
फाल्गुन १२, २०७२ सालमा सिन्धुपाल्चोक जिल्ला अदालतले मानव बेचबिखन तथा ओसार पसार मुद्दामा १३ वर्ष ७ महिना २० दिन कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको कविता घिमिरेलेलाई नेपाल प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-३२ जडिबुट्टीबाट पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत सिन्धुपाल्चोक बुझाउनका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाइएकोमा ब्युरोले जनाएको छ ।
घिमिरेलाई आज जिल्ला कारागार चौतारा चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डिएसपी शिव कुमार बुढाथोकीले बताए ।
प्रवक्ता बुढाथोकीका अनुसार उनलाई फरार रहेको ६ वर्ष ११ महिना ११ दिन पछि पक्राउ गरिएको हो ।