झारफुक गर्ने भन्दै एक धामीले महिलालाई बलात्कार गरेका छन् । मङ्सिर २० गते २७ वर्षीय एक महिलालाई झारफुकको बहानामा वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षीय पप्पु हरिजनले जबरजस्ती करणी गरी फरार रहेका थिए । पीडित महिलाको जाहेरीपछि फरार रहेका हरिजनलाई प्रहरीले मङ्सिर २७ गते पक्राउ गरेको हो ।
बिरामी रहेकी ती महिलालाई हरिजनले रातको समयमा झारफुक गरे ठिक हुने भन्दै जबरजस्ती करणी गरेको पीडित महिलाले बताएकी छन् ।
पक्राउ परेका हरिजनले यसअघि पनि यस प्रकारको आपराधिक कार्य गरेको हुन सक्ने भन्ने सूचनाको आधारमा थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।