काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको शल्यक्रिया आज हुने भएको छ ।
बुधबार राती ग्यास लिक भएपछि दुर्घटनामा परेका सांसद भण्डारीको आज बिहान १० बजे र २ बजे मुम्बई अस्पतालमा शल्यक्रिया हुन लागेको हो । कांग्रेसका केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीका अनुसार शुक्रबार बिहान १० बजे र दिउँसो २ बजे भण्डारीको शल्यक्रिया हुनेछ ।
मुम्बईस्थित नेपाली अगुवा व्यक्तित्व शालिग्राम तिवारीका अनुसार वरिष्ठ चिकित्सकहरूको टीमले सांसदभण्डारीको स्वास्थ्य उपचार सुरू गरेका छन् । उनका अनुसार उनीहरूसँगै रहेका कांग्रेस नेता योगराज कँडेल र माधव न्यौपानेले दिएकाे जानकारी अनुसार भण्डारीकाे अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन् ।
दुर्घटनामा घाइते भएका भण्डारीलाई सिभिल अस्पताल हुँदै कीर्तिपुरस्थित अस्पतालमा पुर्याइए पनि नेपालमा उपचार सम्भव नहुने भनिएपछि एअर एम्बुलेन्समार्फत थप उपचारका लागि हिजो मुम्बई लगिएको थियो ।