आफ्नै घरमा काम गर्ने किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा भक्तपुर प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ ।
बैतडी सिगास गाँउपालिका-५ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ बोडे बस्ने ४९ वर्षीय टेकबहादुर चन्दलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको हो । आफ्नै घरमा काम गर्ने १९ वर्षीया किशोरीलाई करणी गरेको कसुरमा उनलाई पक्राउ गरेको भक्तपुर प्रहरीका प्रवक्ता डिएसपी राजु पाण्डेले केटिएम दैनिकलाई बताए ।
प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । पाण्डेका अनुसार पक्राउ परेका चन्दमाथि थप अनुसन्धान भइरहेको छ ।