नारायणगढ-मुग्लिन सडक खण्ड पुन: अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका- २९ को १८ किलो र केराबारी भन्ने स्थानमा बिहान ७:४५ बजेको समयमा पहिरो खसेको थियो ।
लेदोसहितको पहिरो खसेपछि सडक खण्ड दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
पहिरो पन्छाउन घटनास्थलमा लोडर पुगेको चितवन प्रहरीका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए । उनले सडक विभागसँग समन्वय गरेर पहिरो हटाउने कार्य जारी राखेको जनाएको छ ।
यस वर्ष भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारी र १८ किलोमा धेरै पटक पहिरो खसेको छ ।