
काठमाडौँ । बारामा हैजा संक्रमण पुष्टि भएको छ । महागढीमाई नगरपालिका-८ का दुई जना बालबालिकामा हैजाको संक्रमण पुष्टि भएको हो।
बारामा हैजा प्रभावित वीरगन्जसँग ‘ट्राभल्स हिस्ट्री’ नभएका दुई जना बालबालिकामा हैजाको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाराले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार झाडापखाला लागेर भदौ १६ गते कलैयास्थित प्रादेशिक अस्पतालमा ल्याइएका एकै टोलका ८ वर्षीय बालक र ८ वर्षीया बालिकाको आरडीटी टेष्ट गर्दा हैजाको संक्रमण पुष्टि भएको हो।
यसअघि बारा घर भई वीरगन्जमा बस्दै आएका ८ जनामा हैजाको संक्रमण पुष्टि भए पनि हैजाले प्रभावित वीरगन्जसँग ट्राभल हिस्ट्री नभएका सन्दर्भमा पहिलो पटक दुई बालबालिकामा हैजाको संक्रमण पुष्टि भएको बताइएको छ ।