नेपाली बजारमा चिनीको मूल्य बढेको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार चिनीको खुद्रा मूल्य आइतबारदेखि किलोमा २० रुपैयाँले बढेको हो ।
यसअगाडि प्रतिकिलो ९० रुपैयाँ रहेको चिनी अबदेखि किलो १२० रुपैयाँ हुनेछ ।
सरकारले आफ्नो स्वमित्वको संस्थानलाई चिनी ल्याउन नदिएपछि व्यापरीले १० रुपैयाँले बढाएर एक सय रुपैयाँ पुगेको चिनीको मूल्य भारतले चिनी निर्यातमा रोक लगाए पछि थप १० रुपैयाँले बढेको संघले जनाएको छ ।
बजारमा भारतबाट प्रतिबन्ध अघि आयात भएका र नेपाली उत्पादकले उत्पादन गरेको चिनी पाइन्छ ।