
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको जनाएको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ३ र एलपी ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको छ ।
मूल्य वृद्धि आज राती १ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
मूल्यवृद्धिसँगै काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ र डिजेल/मट्टितेल को मूल्य लिटरको १७० रुपैयाँ पुगेको छ ।
त्यस्तै खाना पकाउने ग्याँस सिलिन्डरको मूल्य प्रतिसिलन्डर रु २३५ रुपैयाँ बढेर एक हजार ८९५ पुगेको छ ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य तीन वर्गमा राखेको छ ।
