
काठमाडौं । कागज व्यवसायी संघको अध्यक्षमा मनोहरदास मूल निर्विरोध चयन भएका छन् ।
मंगलबार काठमाडौंमा सम्पन्न भएको २२ औं साधारणसभाले मूलको अध्यक्षतामा आगामी तीन वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा राजेन्द्र काबरा, महासचिवमा निदेश चोखानी र कोषाध्यक्षमा कमल तोदी निर्विरोध भएका छन् ।
अध्यक्षमा निरन्तरता पाएका मूलले अहिलेसम्म चार पटक अध्यक्षको कार्यभार सम्हालेको केटिएम दैनिकलाई बताए ।
साधारणसभाले वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ ।
उधारो असुली ऐनको अभावमा व्यवसायीले अनेकौं झमेलाको सामना गर्नुपरेको निष्कर्ष निकाल्दै साधारणसभाले उक्त ऐन यथाशीघ्र जारी गर्न सरकारको ध्यानाकर्षण गराउने, आयकर, मूल्य अभिवृद्धि कर, भन्सार मूल्यांकन लगायतका क्षेत्रमा विद्यमान अप्ठ्यारा हटाउन पहल गर्नेलगायत प्रस्ताव पारित गरेको छ ।