
काठमाडौं । नेपाल साफ महिला यु-१७ च्याम्पियनसिपमा बंगलादेशसँग लगातार दोस्रो पटक हार बेहोरेको छ ।
बुधबार भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न दोस्रो लेगमा नेपाल ४-१ ले हार्यो । पहिलो लेगमा पनि नेपाल ३-० ले पराजित भएको थियो ।
जितसँगै चार खेलमा ९ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । पराजित नेपाल समान खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा छ ।यो हारसँगै नेपालको उपाधि जित्ने सम्भावना समाप्त भएको छ ।
बंगलादेशलाई जित दिलाउन सौरभी अखण्ड प्रीतिले ह्याट्रिक गर्दा र थुनुए मार्माले एक गोल थपिन् । नेपालका लागि कप्तान भूमिका बुढाथोकीले एक गोल फर्काएकी थिइन् ।