अटोमेटिक पेस्तोलसहित दुई जनालाई प्रहरीले धनुषाको जनकपुरधामबाट पक्राउ गरेको छ ।
प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१० स्थित प्रादेशिक अस्पताल अगाडिबाट उनीहरू पक्राउ परेका हुन् ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार महोत्तरीको जलेश्वर नगरपालिका–९ घर भई जनकपुरधाम–४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिस्वा नगरपालिका–१ घर भई जनकपुरधाम–८ बस्ने १९ वर्षीय लोटस भनिने अभिषेककुमार सिंहलाई पक्राउ गरिएको हो ।
ज. ७ प. ७९३२ नम्बरको मोटरसाइकलमा सवार दुवै जनालाई नियन्त्रणमा लिएर हातहतियार तथा खरखजाना मुद्दा शीर्षकमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।