
काठमाडौँ । स्वदेशी शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले शैक्षिक मेला आयोजना हुने भएको छ ।
स्वदेशमै शिक्षा, सबैको इच्छा भन्ने मूल नाराका साथ विगत १० वर्षदेखि आयोजना हुँदै आएको शैक्षिक मेला यो वर्ष पनि साउन ३० र ३१ गते हुन लागेको हो ।
उक्त मेलामा काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, सुदूरपश्चिमान्चल विश्वविद्यालय तथा विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग आबद्ध ५० भन्दा बढी क्याम्पसको सहभागिता रहनेछ ।
मेलामा नेपाली विश्वविद्यालय मा पढाइ हुने र बिश्व बजारमा माग भै रहेका विभिन्न संकायहरुस् ब्यबस्थापन , सुचना प्रबिधी, ईन्जिनियरिङ, चिकिस्ता, कृशि तथा बन बिज्ञान का बिभिन्न शैक्षिक कार्यक्रम बारे बिद्यार्थी ले निशुल्क परामर्श लिन पाउनेछन ।
स्वदेशी शिक्षाको प्रबर्द्धनलाई साथ दिनका लागि मेलामा आउने प्रतेक बिद्यार्थीलाइ फिल्म टिकट उपलव्ध गराउनेछ । शैक्षिक मेला आगामी श्रावन ३० र ३१ गते शुक्रबार र शनिबार को दिन बिहान १० बजे देखि साझ ५ बजे सम्म काठमाडौंको नयाँ बानेश्वोर मा रहेको द एभरेष्ट होटेल मा संचालन हुनेछ ।
भिजन मिडिया इनकर्पोरेसन र एजुकेसन डट कम आयोजक रहेको मेलालाई इन्सिच्युट अफ इन्टरनेश्नल म्यानेजमेन्ट साइन्स कलेज ले मुख्य प्रायोजन गर्नेछ ।