अन्तरपार्टी निर्देशन १ जारी गर्दै एमालेले पदाधिकारीको वरियतामा केही हेरफेर गरेको हो ।
एमाले सचिवमा गोकर्ण विष्ट र योगेश भट्टराईलाई वरियतामा तल राखिएको भन्दै विवाद आएपछि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा प्रस्ताव गरेको भन्दा केही परिवर्तन भएर वरियताको सूची अपानीमा समेटिएको जनाएको छ ।
नेकपा एमालेमा युवा नेताहरुको वरियता बढुवा भएको छ ।नेकपा एमालेले दसौं महाधिवेशनबाट निर्वाचित सात सचिवको वरीयतामा फेरबदल गरेको छ। हालै भक्तपुरमा दुई दिनसम्म चलेको एमाले केन्द्रीय कमिटीको बैठकले निर्धारण गरेको वरीयता क्रम केही परिवर्तन गरिएको हो।
एमालेले गोकर्ण विष्ट र योगेश भट्टराईको वरीयता बढुवा गरेको हो। यसअघि छविलाल विश्वकर्मा, रघुवीर महासेठभन्दा पछि राखिएका उनीहरूलाई अहिले अगाडि पारिएको हो।
अन्य भने साविक नै छन्। अबको वरीयता यस्तो छः टोपबहादुर रायमाझी, लेखराज भट्ट, गोकर्णराज विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्या अर्याल ।
दसौं महाधिवेशनपछि नवनिर्वाचित एमालेको केन्द्रीय नेतृत्वले आफ्ना विभिन्न संरचना निर्माण गर्दै नेताहरूलाई जिम्मेवारी बाँडफाँड गरेको छ। एमालेले अन्तर्पार्टी निर्देशन–१ जारी गरी यसबारे जानकारी गराएको हो।
भक्तपुरमा २ दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकपछि अध्यक्ष केपी शर्माले अन्तरपार्टी निर्देशन जारी गरेका हुन्।
त्यस्तै एमालेले विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टीको समग्र नेतृत्व गर्दा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मा दिइएको छ ।
एमालेको तेस्रो वरियतामा रहेका उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह संयोजन गर्ने र अर्की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय संयोजन गर्ने जिम्मा दिइएको छ । अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षाको जिम्मा पाएका छन् ।
महासचिव शंकर पोखरेलले सांगठनिक कामको संयोजन गर्ने जिम्मा पाउँदा उपाध्यक्ष विष्णु पौडेलले सांगठनिक कामको अनुगमन गर्ने जिम्मा पाएका छन् ।
उपमहासचिव प्रदीप ज्ञवालीले स्कुल विभाग पाउँदा पृथ्वीसुब्बा गुरुङले प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मा पाएका छन् । अर्का उपमहासचिव विष्णु रिमाललाई निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापन प्रमुख बनाइएको छ । स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई भने अर्थ तथा योजना विभागको प्रमुख बनाइएको छ ।
सचिव टोपबहादुर रायमाझीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुख, गोकर्ण विष्टलाई ऊर्जा, योगेश भट्टराईलाई स्वास्थ्य विभाग प्रमुख र अर्का सचिव लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ ।स्थायी कमिटी सदस्य मणि थापाले भूमि व्यवस्था विभागको जिम्मा पाएका छन् ।