पूर्वयुवराज्ञी हिमानी शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा विजयी भएका राजेन्द्र लिङ्देनलाई बधाइ तथा शुभकामना दिएकी छिन् ।
हिमानीले आइतबार आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा लिङ्देनको उच्च प्रशंसा गर्दै बधाई र शुभकामना व्यक्त गरेकी हुन् ।
लिङ्देनको जितसँगै मुलुकले सच्चा राष्ट्रवादी नेता पाउन सफल भएको हिमानीको ट्वीटमा उल्लेख छ ।