राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी चुनावपछि राप्रपा पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।
रवीन्द्र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण, एकता घोषणा कार्यक्रममा बोल्दै लिङदेनले नागरिकले विश्वासिलो विकल्प खोजिरहेको र राप्रपा मात्र त्यसको विकल्प भएको बताँउदै उनले ४ मंसिरको चुनावमा कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुले नै राप्रपालाई मत दिने लिङ्देनले दावी गरेका हुन् ।
उनले भने, ‘राप्रपाले धेरै सिट ल्याउने मात्र होइन, पहिलो सिट ल्याउँछ । मतदाताले विश्वासिलो विकल्प खोजिरहेको छ । विकल्प खोजिरहेको मतदाताको नजरमा राप्रपा परेको छ ।हारेको हार्दै गर्दा जितिन्छ भन्ने र जिते पनि त्यत्रो सिट भन्ने हिन मानसिकता अझै छ । विजय हाम्रो सम्मुख छ । मुलुकले विकल्प खोजिरहेको छ ।’
काठमाडौं महानगर पालिकाको मेयरमा बालेन शाह निर्वाचित हुन्छन् भन्ने कसैले नसोचेको बताउँदै राप्रपाको पनि त्यस्तै अवस्था हुने बताए ।
राप्रपाले विगतमा गलत व्यवस्थापनका कारण पटक पटक हारेकाले नेत कार्यकर्तामा हीन मानसिकता देखिएको र उनले देशका १६५ वटै प्रतिनिधिसभा र ३३० प्रदेशसभामा उम्मेदवारी दिने दाबी गरेका छन् ।