कैलाली । बैतडीका दुई स्थानीय तहले मंगलबार स्थानीय सार्वजनिक बिदा दिएका छन्। दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकाले विभिन्न मन्दिरमा लाग्ने जात्राको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्।
दुवै स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै जात्रामा स्थानीयको सहभागिता सहज बनाउन बिदा दिने जानकारी दिएका छन्।
दशरथचन्द नगरपालिका–४ गढीस्थित जगन्नाथ मन्दिर र वडा नं. ११ सीमस्थित केदार मन्दिरमा लाग्ने जात्राका अवसरमा नगरपालिकाले बिदा दिएको हो।
त्यसैगरी, सुर्नया गाउँपालिका–५ स्थित फाल्ङाशैनी भगवती मन्दिरमा लाग्ने जात्राका अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ।
दुवै पालिकाका अनुसार मंगलबार पालिकाअन्तर्गतका सरकारी कार्यालय, गैरसरकारी संघसंस्था तथा शिक्षण संस्थाहरू बन्द रहनेछन्।