काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ बजे बैठक बस्न लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका विषयमा छलफल हुने र भ्रमणबारे औपचारिक निर्णय गरिने बताइएको छ ।