काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। यस दिन नेप्से परिसूचक ११.०५ अंकले घटेर २ हजार ६२५.०५ विन्दुमा झरेको हो।
बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि समग्र परिसूचकमा दबाब परेको छ। बुधबार १९९ कम्पनीको सेयर मूल्य घट्दा ७० कम्पनीको मूल्यमा वृद्धि भएको छ। त्यस्तै, १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
बुधबार कुल ४ अर्ब १५ करोड ४९ लाख २५ हजार १०७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दिनभर १ करोड १ लाख ६२ हजार ६०५ कित्ता सेयर किनबेच भएका छन्।
यस दिन ४१ हजार ६२७ पटक कारोबार हुँदा ३४७ कम्पनीका धितोपत्र कारोबारमा सहभागी भएका थिए।
कारोबारका क्रममा सानिमा लार्ज क्याप फन्डको मूल्य ३.२६ प्रतिशतले बढेको छ। यो दिनको सर्वाधिक मूल्य वृद्धि हो। यस्तै, एभरेष्ट कलर लिमिटेडको मूल्य ६.८३ प्रतिशतले घट्दै सर्वाधिक गिरावट हुने कम्पनी बनेको छ।
समूहगत परिसूचकतर्फ ट्रेडिङ समूह सबैभन्दा बढी २.४९ प्रतिशतले घटेको छ। यता बैंकिङ र म्युचुअल फन्ड समूहमा भने सामान्य सुधार देखिएको छ।