काठमाडौं । सर्वोच्च अदालतले भरत दाहाललाई थुनामुक्त गर्न प्रहरीलाई आदेश दिएको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले दाहाललाई थुनामुक्त गर्न आदेश दिएको हो ।
आफ्ना बाबुलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै डेनीका दाहालले सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन् । सोही निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले दाहाललाई थुनामुक्त गर्न आदेश जारी गरेको हो ।