काठमाडौं । सरकारले इन्द्रजात्राको अवसरमा शुक्रबार (असोज ९ गते) काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
गत फागुन १८ गते राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी सूचनाअनुसार इन्द्रजात्राका अवसरमा काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिइएको हो ।
सरकारको निर्णयअनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा शुक्रबार सार्वजनिक बिदा हुनेछ ।