पोखरा । फ्लाइ दुबईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु गरेको छ। दुबईबाट ११३ जना यात्रु लिएर आएको फ्लाइ दुबईको विमान आज पोखरा विमानस्थलमा अवतरण गरेको हो।
पोखराबाट फर्किँदा उक्त विमानले १५३ जना यात्रु लिएर दुबई प्रस्थान गर्नेछ।
विमानस्थलमा पानीका फोहोराले विमानको स्वागत गरिएको थियो। त्यसैगरी, पोखरेलीले विमानबाट ओर्लिएका यात्रुलाई स्वागत गरेका थिए। यात्रुका आफन्तसमेत स्वागतका लागि विमानस्थल पुगेका थिए।