न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ।
न्युयोर्कस्थित नेपाली नियोगका अनुसार भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, हालै भोटेकोशीमा आएको बाढीपछि सञ्चालन भइरहेका राहत तथा पुनर्निर्माणका कार्यलगायतका विषयमा छलफल भएको थियो।
सो अवसरमा मन्त्री खनाल र उपविदेशमन्त्री हुकरबीच बाढीपछिको पुनर्निर्माणका प्रयासमा अमेरिकाले निरन्तर सहयोग गर्ने विषयमा समेत कुराकानी भएको नियोगले जनाएको छ।
भेटवार्तामा परराष्ट्रसचिव अमृतबहादुर राई, स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत दुवै पक्षका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।