काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग आर्थिक तथा व्यावसायिक क्षेत्रका समसामयिक विषयमा छलफल गरिरहेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी–व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ, चन्द्र ढकाललगायत सहभागी छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा मुलुकको समग्र आर्थिक अवस्था, उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोग्दै आएका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको छ ।
सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने तथा लगानी र व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा पनि छलफल केन्द्रित रहेको सचिवालयले जनाएको छ ।