काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले दायर गरेको रिटमा सर्वोच्च अदालतमा बिहीबार पेसी तोकिएको छ।
देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए।
रिटमाथि सुनुवाइका लागि बिहीबार पेसी तोकिएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए।
पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनः सुनुवाइका लागि निस्सा दिइसकेको भन्दै देउवा पक्षले उक्त विवादको अन्तिम टुंगो नलागेसम्म महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढाउन नहुने जिकिर गरेको छ।
कांग्रेसले भने आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी प्रक्रिया अघि बढाइरहेको छ।