काभ्रे । पहिरो हटाएपछि बीपी राजमार्गमा सवारी आवागमन पुनः सञ्चालन भएको प्रहरीले जनाएको छ।
काभ्रेको रोशी गाउँपालिका–७, ८ र ९ का विभिन्न स्थानमा पहिरो खसेपछि बीपी राजमार्गमा सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको थियो।
प्रहरीका अनुसार पहिरो पन्छाएपछि आज बिहान ७:४० बजेदेखि राजमार्गमा सवारी साधन चल्न थालेका छन्।
सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार रोशी–७ अमलटारी मुनिको पहिरो र रोशी–९ पिन्थलीबेंशीमा झरेको लेदो हटाएपछि राजमार्ग सञ्चालनमा आएको हो।