काठमाडौँ । नेकपा (एमाले) पुनर्गठनको सुझाव दिन र आमनिर्वाचनको समीक्षा गर्न गठित कार्यदलको बैठक जारी रहेको छ । एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा गठित कार्यदलको बैठक पार्टी कार्यालय च्यासलमा आज बसेको हो।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी छन्।