काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी जिल्ला अधिवेशनअन्तर्गत बागमती प्रदेशका १३ जिल्लामध्ये हालसम्म नौ जिल्लाको अधिवेशन सम्पन्न भई जिल्ला सभापति चयन भएका छन्।
पार्टीका अनुसार चितवन, रसुवा र ललितपुरमा अधिवेशन प्रक्रिया आइतबार सञ्चालन भइरहेको छ भने सिन्धुपाल्चोक जिल्लाको अधिवेशन विभिन्न कारणले स्थगित गरिएको प्रवक्ता मनिष झाले बताएका छन्।
सम्पन्न अधिवेशनबाट काठमाडौँमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रबिन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल तथा मकवानपुरमा सञ्जीव पाठक जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
पार्टीले संगठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत बाँकी जिल्लाहरूमा पनि अधिवेशन प्रक्रिया निर्धारित कार्यतालिका अनुसार अघि बढाइने जनाएको छ।