
काठमाडौँ- प्रतिनिधिसभाको बैठक भोली अपराहन्न १ बजेसम्मका लागि सरेको छ ।
आज संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले पहल गरेपनि विपक्षी दलहरुले आफ्नो अडान नछोडेपछि आजको बैठक बस्दै नबसी स्थगित भएको हो ।
विपक्षी दलहरुले भिजिट भिसा प्रकरणको छानबिन गर्न आयोग बनाउनुपर्ने मागमा आफ्नो अडान छोडेका छैनन् ।
आज अपराहन्न १ बजेदेखि बैठक बस्ने भनिएको भएपनि विपक्षी दलहरुले आफ्नो अडान नछोडेपछि बैठक भोलिका लागि सरेको हो ।
यसअघि गृहमन्त्री रमेश लेखकको राजीनामाको मागलाई जोडदार रुपमा उठाउदै आएका विपक्षी दलहरुले मंगलबारदेखि भिजिट भिसा प्रकरणको छानबिनमा जोड दिएका छन् । सत्ता पक्ष भनेअहिलेसम्म छानबिन समिति वा आयोग गठन गर्न तयार देखिएको छैन । सत्ता पक्षले अख्तियारले छानबिन गरिरहेकाले अहिले कुनै अन्य छानबिन समितिको आवश्यकता नरहेको बताउदै आएको छ ।